जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री
नुवाकोट । बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्।
स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।
बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।
यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया