वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

विदुर खबर २०७८ जेठ १४ गते ८:४४

नुवाकोट ।  कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको मृत्यु भएको छ ।

Advertisement

३९ वर्षीय उनको झापाको बी एन्ड सी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

वैशाख तेस्रो साता संक्रमण भएपछि होम आइसोलेसनमा रहेका उनको अवस्था कमजोर भएपछि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो ।

Advertisement

अस्पतालले रेफर गरेपछि बिर्तामोड पुर्‍याइएका उनको अस्पतालमै मृत्यु भएको ढकालले जानकारी दिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया