वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
विदुर खबर
२०७८ जेठ १४ गते ८:४४
नुवाकोट । कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको मृत्यु भएको छ ।
३९ वर्षीय उनको झापाको बी एन्ड सी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
वैशाख तेस्रो साता संक्रमण भएपछि होम आइसोलेसनमा रहेका उनको अवस्था कमजोर भएपछि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो ।
अस्पतालले रेफर गरेपछि बिर्तामोड पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको ढकालले जानकारी दिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया