नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार, खेल दिउँसो २ः४५ बजे हुने
दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ ।
नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो ।

नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।
नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो अवसर हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया