‘गर्भवती जाँच तथा प्रसूति सेवा निरन्तरता दिनु’
नुवाकोट । सरकारले गर्भवती जाँच तथा सुत्केरी सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्था, सरोकारवाला र व्यवस्थापकहरुलाई ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिकाबमोजिम सेवा प्रवाह गराउन भनेको छ ।
महिला, नवजात शिशु, बालबालिका एवं किशोरकिशोरीसँग सम्बन्धित गर्भवती जाँच, प्रसूति सेवा, सुत्केरी सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, पोषण, किशोरकिशोरी प्रजनन् स्वास्थ्य, खोप तथा बाल स्वास्थ्यसँग सम्बन्धित सेवाहरु प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै सेवाहरु निरन्तरता दिन भनिएको छ ।
‘कोरोनामा मात्रै फोकस भएर उल्लिखित अत्यावश्यक एवम् आकस्मिक सेवा अवरुद्ध भएमा जनस्वास्थ्यमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन असर पर्न गई मृत्युसमेत हुन सक्ने हुँदा स्वास्थ्य मापदण्ड पालना गरेर निरन्तरता दिन भनेका हौं,’ महाशाखाकी चिकित्सक डा.पुण्या पौडेलले बताइन् ।
उक्त सेवाहरु आवश्यक पर्ने सेवाग्राहीहरुले कोभिड–१९ को रोकथाम मापदण्ड पालना गरी उपलब्ध भएसम्म आफ्नो पहिचान खुल्ने कागजात लिई पायक पर्ने स्वास्थ्य संस्थाबाट सेवा लिनुपर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया