नुवाकोटमा आज एकैदिन १ सय ६२ जना कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ जेठ १२ गते २१:४३

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा आज एकैदिन १ सय ६२ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

अस्पतालमा आज २ सय ८८ जनाको पिसिआ। परिक्षण गर्दा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

आज किस्पाङ र तारकेश्वर गाउँपालिकामा समान ४२÷४२ जना कोरोना संक्रमित थपिएका छनु भने लिखु गाउँपालिकामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यस्तै दुप्चेश्वर गाउँपालिकामा १४ जना संक्रमित थपिएका छन् भने बेलकोटगढी नगरपालिकामा ९ जना र विदुर नगरपालिकामा ७ जना कोेरोना संक्रमित थपिएका छन् । त्यस्तै पन्चकन्या गाउँपालिकामा ५ जना र सुर्यगढी गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएको अस्पतालले जनाकारी दिएको छ ।

तारकेश्वरमा थप ४२ जना कोरोना पुष्टि

Advertisement

तारकेश्वर गाउँपालिकामा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिशुली अस्पतालमा ५४ जनाको स्वाब संकलन गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्यस्तै १२ जनाको पिसिआर परिक्षण नेगेटिभ देखिएको अस्पतालले बताएको छ । यससँगै तारकेश्वर गाउँपालिकमा कोरोना संक्रमितको संख्या २ सय ५२ पुगेको छ ।

तारकेश्वर गाउँपालिकामा हालसम्म तारकेश्वर गाउँपालिकामा ४ सय ८३ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

किस्पाङमा थपिए ४२ संक्रमित

यस्तै किस्पाङ गाउँपालिकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको विभिन्न स्थानमा गरिएको ६० जनाको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जानकारी दिएको छ । गाउँपालिकाको मनकमना स्थित मनकामना स्वास्थ्य चौकीमा ३५ जनाको पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।

यस्तै अर्चलेस्थित त्रिभुवन माविमा २५ जनाको पिसिआर परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको लामाले बताए ।

यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ । हालसम्म गाउँपालिकामा ५ सय ६० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना पुष्टि

त्यस्तै लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गाउँपालिकाले ५५ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १२ जनाको रिर्पाट नेगेटिभ आएको लिदु गाउँपालिकाले जनाएको छ ।

यससँगै लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ७३ पुगेको छ ।

लिखु गाउँपालिकामा हालसम्म ६ सय ५० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया