किस्पाङ गाउँपालिकामा ४२ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ १२ गते २१:०५

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको विभिन्न स्थानमा गरिएको ६० जनाको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
गाउँपालिकाको मनकमना स्थित मनकामना स्वास्थ्य चौकीमा ३५ जनाको पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
यस्तै अर्चलेस्थित त्रिभुवन माविमा २५ जनाको पिसिआर परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको लामाले बताए ।
यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।
Advertisement
हालसम्म गाउँपालिकामा ५ सय ६० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया