नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो

नुवाकोट । नु्वाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै जान थालेपछि सक्रिय कोरोना संक्रमितको संख्या कमि आएको हो । कार्यालयको सुचना अनुसार मंगलवारको तुलनामा बुधवार सक्रिय संक्रमितको संख्या घटेको हो ।
मंगलवार जिल्लामा एकहजार ७९ जना कोरोना संक्रमित रहेको बुधवार यो संख्या घटेर एकहजार ३० मा आइपुगेको हो ।
नुवाकोटमा ६४ जना कोरोना संक्रमित कोरोनामुत्त
जिल्लामा आज ६४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज जिल्लामा ६४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एक हजार ८ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित भेटिएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय २३ पुगेको छ ।
त्यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ३० पुगेको हो । यो हिजोको तुलनामा घटेको हो ।
आज भेटिएका संक्रमितहरुमध्ये ११ जना सुर्यगढी गाउँपालिकाका रहेका छन् भने तीनजना लिखु गाउँपालिकाका रहेका छन् । त्यस्तै विदुर नगरपालिकामा एकजना संक्रमित भेटिएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म २१ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म १३ हजार ४ सय ४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया