काभ्रेमा निषेधाज्ञा तेस्रो पटक थपियो, ८ स्थानीय तहमा सिल

विदुर खबर २०७८ जेठ १२ गते ९:३१

नुवाकोट । जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेध आदेश जेठ २२ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको छ ।

Advertisement

कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि जिल्लाभर जारी आदेश तेस्रो पटक १० दिनका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । वैशाख १९ गतेबाट २६ गते राति १२ बजेसम्मका लागि जारी निषेध आदेश पहिलोपटक जेठ २ गते राति १२ बजेसम्म र दोस्रो पटक जेठ १२ गते राति १२ सम्मको लागि थप गरिएको थियो ।

जिल्लाका ८ स्थानीय तह सिल गरिएको छ । बनेपा र पनौती नगरपालिकाले जेठ १२ गतेसम्म जारी सिलको अवधि ५ दिनसम्म थपेर जेठ १७ गते राति १२ गतेसम्मका लागि लम्ब्याएका छन् । बनेपाले उक्त अवधिमा खाद्यान, फलफूल, तरकारी, दुधजन्य पदार्थ तथा बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सेवा पूर्ण रुपमा बन्द गर्ने उल्लेख गरेको छ । मर्निङ वाक गर्नसमेत रोक लगाइएको छ ।

Advertisement

पनौतीमा भने बिहान र बेलुका दैनिक १ घण्टा दुधजन्य पदार्थ संकल तथा बिक्री गर्न दिइएको छ । मण्डनदेउपुर नगरपालिकाले जेठ १२ गते राति १२ बजेदेखि २१ गते राति १२ गतेसम्मको लागि सिल गर्ने निर्णय गरेको छ ।

धुलिखेल, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिकामा जेठ १२ गते राति १२ बजेसम्म जारी सिल कायम नै छ । यस्तै बेथानचोक गाउँपालिकामा भने मंगलबार १८ गतेसम्मका लागि सिल गरिएको अवधि थपिएको छ । पाँचखाल नगरपालिकाले जेठ ८ गते दिउँसो २ बजेदेखि लागू हुने गरी १५ दिनसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

Advertisement

मंगलबारसम्म जिल्लामा संक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ४० पुगेको छ । तीमध्ये सबैभन्दा धेरै बनेपामा ५ सय ८१ , धुलिखेलमा ४ सय ५०, पनौतीमा ४ सय ६१, पाँचखालमा ३ सय २५, नमोबुद्धमा १ सय ६९ संक्रमित छन् ।

मंगलबारमात्रै ३ सय ३१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया