भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार संक्रमित थपिए

विदुर खबर २०७८ जेठ १२ गते ८:३९

नुवाकोट । भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement

अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो। अघिल्लो दिन यो संख्या १ लाख ९५ हजारभन्दा बढी थियो। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७१ लाख नाघेको छ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ४१ सय ७२ को मृत्यु भएको छ।

Advertisement

यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ११ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् भने २५ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३९ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २१ हजार संक्रमित थपिएका छन् भने ६४७  जनाको मृत्यु भएको छ।

Advertisement

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ६१ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढी संक्रमित थपिँदा करिब २१ सयभन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया