उपचार नपाएपछि एम्बुलेन्सभित्रै एक किशोरीको मृत्यु

विदुर खबर २०७८ जेठ १२ गते ८:१०
सूचक फोटो

नुवाकोट । वीरगन्जको अस्पतालहरुमा घुमाउदा घुमाउदै उपचार नपाएर एम्बुलेन्समा नै सोमबारराति एक किशोरीको ज्यान गएको छ ।

Advertisement

रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्ष कि किशोरीले वीरगन्जको तीनवटा अस्पतालमा घुमाउदा पनि उपचार नपाएर ज्यान गुमाउनु परेको हो ।

मृगौलाको समस्याबाट पीडित किशोरीलाई शुरुमा गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गर्न ल्याईएको थियो । त्यहाँ आधा घण्टा राखेर भर्ना नलिएपछि उहाँलाई वीरगन्जको बसपार्क नजिकैको भवानी हस्पिटलमा ल्याईएको थियो । भवानी हस्पिटलले पनि आधा घण्टाजति राखेर भर्ना नगरी फिर्ता पठाएको पीडितका अभिभावकले दुखेसो गरेका छन् । भवानीबाट नारायणी अस्पतालमा लगिएपनि त्यहाँ पनि भर्ना लिन नमानेपछि किशोरीलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

Advertisement

मेडिकल कलेजमा पुर्‍याएपनि त्यहाँका चिकित्सकले बाटोमा एम्बुलेन्स मै मृत्यु भईसकेको बताएको कोभिड एक्सन टिम क्याटका सदस्य एवं पत्रकार अमित अग्रवालले बताउनुभयो । यद्यपी नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले भने किशोरीको उपचार अभावमा मृत्यु भएको भन्ने खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले नारायणी अस्पतालबाट ती किशोरीलाई फिर्ता नगरिएको बरु अस्पतालमा भर्ना लिएर उपचार गर्ने तयारी हुदैगर्दा एम्बुलेन्सबाट नै उनलाई ननिकाली अन्य अस्पतालमा लगिएकोका कारण आफुहरुको दोष नभएको स्पष्ट पार्नुभएको छ ।

Advertisement

अस्पतालको तीनवटा डाइलासिस मेसिनमा समस्या

नारायणी अस्पतालमा रहेका ६ वटा डाइलासिस मेसिन मध्ये लगभग तीनवटा मेसिन हाल बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नारायणी अस्पतालले चारवटा डाइलासिस मेसिन कोरोना संक्रमण नभएका बिरामीका लागि छुट्टाएर राखेको छ भने दुईवटा कोरोनाबाट संक्रमण बिरामीहरुको उपचारका लागि भन्दै छुट्टाएर राखेकोमा हाल ती दुबै मेसिनले काम नगरेको स्वयम् मेसु डा् बीरेन्द्र प्रधानले बताउनुभयो । उहाँले बिभिन्न प्रबिधिकोप्रयोग गरेर बिग्रिएको डाइलासिस मेसिन प्रयोगमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य चारवटा मध्य थप एउटा मेसिनमा पनि समस्या देखिएको छ । मृगौला बिरामीका लागि अति आवश्यक पर्ने डाइलासिस मेसिनमा समस्या आएपछि यस क्षेत्रका बिरामीहरु मारमा परेका हुन् तर डा. प्रधानले भने कुनैपनि हालतमा उपचार नपाएर नागरिकहरु मर्नुपर्ने अवस्थाको अन्त्य आफूले आफ्नो कार्यकालमा गरी छाड्ने दाबी समेत गर्नुभएको छ । वीरगन्जकै बासिन्दा डा. प्रधानले हालै नारायणी अस्पतालको मेसुको जिम्मेवारी लिनुभएको हो ।

प्रतिक्रिया