काठमाण्डौमा २ दिनभित्र हप्ता दिनलाई पुग्ने खाद्यान्न किनेर राख्न सीडीओहरुको निर्देशन
विदुर खबर
२०७८ जेठ ११ गते १९:२२
नुवाकोट । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा १ हप्ता निषेधाज्ञा थपिएको छ ।
निषेधाज्ञा थप गर्ने निर्णय गर्दै काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा हप्ता दिन पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध भनेका छन् ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने र यो अवधिमा किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
तरकारी, माछामासु र दूधलगायत बिक्रि हुने पसल भने बिहान ९ बजेसम्म खोल्न पाईने छ । लकडाउन अवधिमा खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भएकाले सिडिओहरूले आज र भोलिमा एक हप्तालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेका छन् ।
थपिएको लकडाउन जेठ १४ गते देखि जेठ २० गतेसम्म लागू हुनेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया