नुवाकोटमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु
विदुर खबर
२०७८ जेठ ११ गते १९:१५
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट आज थप दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउँपालिका वडा नम्बर ५ का ५० वर्षिय पुरुष र धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ का ७२ वर्षिय बृद्ध रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार किस्पाङका कोरोना संक्रमितको विहान ७ : ४५ मा र धादिङको निलकण्ठ नगरपालिकाका संक्रमितको विहान ११ बजे मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको अस्पतालले जनाएको छ ।
नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ७९ पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया