उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी
विदुर खबर
२०७८ जेठ ११ गते ८:११

नुवाकोट । उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।
यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ। संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उनले बताए।
‘संक्रमणको जनेखिम कायमै रहेकाले निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं,’ सीडीओ पराजुलीले भने, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ।’
सम्बन्धित
प्रतिक्रिया