म्यानमार सैन्य ‘कू’ : आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुग्यो
एजेन्सी । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो ।
गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म आन्दोलन भइरहेको छ । सैनिक सरकारले अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।
एक हजार ८ सय २२ जनालाई पक्राउ पूर्जी जारी गरेको समाचारसंस्था एएनआइले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा १३ जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।
प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले विभिन्न आरोपमा लामो समय जेलमा राखेपछि हिजो विशेष अदालतमा उपस्थित गराइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया