धदिङवासीलाई आयो आँखुखोलाको शेयर,कति कित्ता भर्ने ?

विदुर खबर २०७५ साउन १७ गते ४:४४

नुवाकोट, आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित धादिङका स्थानीयका लागि आजदेखि साधारण शेयर निश्कासन गरेको छ । चुक्ता पूंजीको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

Advertisement

छिटोमा साउन ३१ र ढिलोमा भदौ १५ गतेसम्म भर्न सकिने आइपीओमा धादिङ जिल्लावासीले न्युनतम् ५० कित्ता र अधिकतम् ४ हजार कित्तासम्म आवेदन दिन सकिने विक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । सिभिल क्यापिटल काठमाडौं, धादिङस्थित प्रभु बैंक, सिभिल बैंक र मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट आवेदन बुझाउन बुझाउन सकिने छ ।

स्थानीयलाई शेयर वितरण गरेपछि कम्पनीले चुक्ता पूंजीबको १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गर्ने छ । आईपीओ विक्रीपछि सो कम्पनीको चुत्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

Advertisement

धादिङको त्रिपुरा सुन्दरीमा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस आयोजनाबाट ०७० सालदेखि नै नियमित रुपमा विद्युत उ्रत्पादन हुदै आएको छ । यही कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना समेत बनाईरहेको छ ।

Advertisement

प्रतिक्रिया