कर्णालीमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु
नुवाकोट । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा १० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक÷एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
“कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुईरदुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उनका अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।
आज कर्णालीमा ५१० व्यक्तिले कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामो सङ्क्रमण पुष्टि भएको बताईएको छ ।
निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया