कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेनुहोला नतिजा
विदुर खबर नुवाकोट , धेरै दिनको पर्खाइ पछी २०७५ सालमा संचालित कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । बिहिबार बिहान नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ ।
हिजो राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको थियो । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । २०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया