विदुर नगरपालिकामा थप १९ जनामा संक्रमण पुष्टि
विदुर खबर
२०७८ जेठ ९ गते १६:२३
नुवाकोट । विदुर नगरपालिकाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ९ पुरुष र १० महिला रहेका छन् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ३ सय ६३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नगरपालिकाका ३ सय २२ जना होम आइसोलेसनमा उपचार गरिरहेको कार्यालयको भनाइ रहेको छ ।
हालसम्म विदुर नगरपालिकाका २ हजार ५ सय ९३ जनाको पिसिआर परिक्षण हुँदा एकहजार ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया