विदुर नगरपालिकामा थप १९ जनामा संक्रमण पुष्टि

विदुर खबर २०७८ जेठ ९ गते १६:२३
नुवाकोट ।  विदुर नगरपालिकाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ९ पुरुष र १० महिला रहेका छन् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ३ सय ६३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नगरपालिकाका ३ सय २२ जना होम आइसोलेसनमा उपचार गरिरहेको कार्यालयको भनाइ रहेको छ ।
हालसम्म विदुर नगरपालिकाका २ हजार ५ सय ९३ जनाको पिसिआर परिक्षण हुँदा एकहजार ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया