प्रहरीद्धारा मोटरसाईकल चालकलाई निर्घात कुटपिट

विदुर खबर २०७८ जेठ ९ गते १०:४६

नुवाकोट । मोटरसाईकलमा सबार एक जना लाई प्रहरीले निर्घात कुटपिट गरेको छ ।

Advertisement

स्थानीय दुर्गाभगबती–३ निबासी रघुनन्दन झा लाई इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी नायव निरीक्षक खड्ग बहादु खड्का र सबारी चालक प्रहरी जवान सुनिल पटेलले निर्घात कुटपिट गरेपछि स्थानीय आक्रोशित भएका हुन । प्रहरीको कुटपिट बाट उम्किन खोजेका साह लाई आफनो कब्जामा राखेर एकोहोरो कुटेको आरोप रहेको छ । आक्रोशित भएका स्थानीयले प्रहरीको अमानबिय ब्यबहार भन्दै जाईलागेका छन ।

एकत्रित भएका स्थानीय प्रतिकारमा प्रहरी नायब निरिक्षक खडकाको वर्दी च्यातिनुका साथै संचार सेट फुटेका जनाइएको छ । सर्बोच्च अदालतको आदेश पछि पनि प्रहरी नायब निरिक्षक खडकाले मोटरसाईकलमा सबार झा लाई माक्स लगाउन भन्दा प्रतिबाद भएपछि सार्बजनिक स्थानमा एकोहोरो कुटेको स्थानीयले बताएका छन ।

प्रहरीको आक्रमण र स्थानीयको प्रतिबादले घटनास्थल तनाबग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय रौतहट बाट पुगेको प्रहरीको थप बलले स्थीति नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरी नायब निरिक्षक खडका र सबारी चालक प्रहरी जवान सुनिल पटेल बाट कुटिएका झाको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपराका चिकित्सक संजिव साहले बिरामी लाई रिफर गरेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको भन्दै स्थानीय तह स्वास्थ्यकर्मी संजाल नेपाल केन्द्रिय कार्यसमितीका अध्यक्ष प्रदिप कुमार गुप्ताले एक बिज्ञप्ति प्रकाशित गर्दै घटनाको निन्दा गर्दै रिहाईको माग गरेका छन ।

उता प्रहरी नायब निरीक्षक खडक बहादुर खडकाले माक्स लगाउन भन्दा प्रतिबाद गरेपछि नियन्त्रणमा लिने क्रममा घटना भएको बताउनु भयो । कुटपिट बाट घाईते भएक झाकोे हात खुटा भाँचिएको र किडनीको समस्या रहेको भन्दै चिकित्सक साहले अन्य अस्पतालको लागि रिफर गरेको जनाइएको छ ।

Advertisement

प्रतिक्रिया