खोलाले बगाउँदा बालिकाको ज्यान गयो

विदुर खबर २०७८ जेठ ८ गते १३:५१

नुवाकोट । खोलाले बगाउँदा बझाङमा एक बालिकाको ज्यान गएको छ ।

Advertisement

बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो । यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ । हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो ।

केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए ।

Advertisement

प्रतिक्रिया