ककनीको पाँचमुरेमा हेलिकप्टर आकस्मिक अवतरण,सबै यात्रु सकुशल

विदुर खबर २०७५ साउन १६ गते १५:१४

ककनी÷ नुवाकोटकोटको ककनी गाउँपालिका वडा नं १ स्थित मगटा पाँचमुरीको धान खेतमा बुधबार साँझ ५ बजेर ४५ मिनेट हेटिकप्टर आकस्मिक रुपमा अवतरण गरिएको छ ।

Advertisement

चितवन भरतपुर क्यान्सर अस्पतालबाट श्री एयरलाईन्स कम्पनीको 9N LF कल साईन कल साईन भएको हेलिकप्टरले क्यान्सरको बिरामी लिएर उपचारको लागी काठ्माण्डौंको ग्राण्डी अस्पताल लागी Take Up भएकोमा खराम मौसमले गर्दा अचानक रोक्नु परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

हेलिकप्टर पाँचमुरीको धान खेतमा अवतरण गर्दा हेलिकप्टरमा सवार सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताए । हेलिकप्टरमा चालक दल, नर्स, बिरामी र र बिरामी कुरुवा गरि ४ जना सवार सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टरमा कुनैपनि पनि क्षति भएको छैन । हेलिकप्टरका चालक दल र काठमाण्डौं टावरसंग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बिरामीलाई एम्बुलेन्सद्धारा काठ्माण्डौं लैजाने काम भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया