नेपालमा शुक्रवार ८ हजार ६ सय ८ संक्रमित थपिए

विदुर खबर २०७८ जेठ ७ गते २१:२२

नुवाकोट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया