माओवादी नेतालाई गोली हानेको आरोपमा दुईजना पक्राउ
नुवाकोट । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।
बुधबार राति तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरुले माओवादी केन्द्रका जिल्ला सदस्य ३५ वर्षका दीपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तरमाथि गोली प्रहार गरेका प्रहरीको दावी छ । पक्राउ परेका दुवै जनाले आफूहरुले गोली चलाएको प्रहरीसामु स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । व्यक्तिगत रिसइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया