बहादुरसिंह लामाद्धारा किस्पाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद बहादुरसिंह लामा र नेपाली काङ्ग्रेस किस्पाङ–काठमाडौं सम्पर्क समितीले संयुक्त रुपमा किस्पाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
शुत्र,वार एक कार्यक्रममो आयोजनामा प्रतिनिधिसभाका सांसद लामा र नेपाली काङ्ग्रेस किस्पाङ–काठमाडौं सम्पर्क समितीले उत्त स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीमा ५ हजार पिस माक्स, एकसय भन्दा बढीलाई पुग्ने कोभिड– १९ लाग्दा खाने औषधिको सेट, ५ पिस अक्सिमिटर, १० पिपिई सेट र ६० लिटर सेनिटाइजर रहेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।

गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गर्दै संघिय सांसद बहादुरसिंह लामा ।
गाउँपालिकालाई कोभिड–१९ भाईरस, रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको सांसद वहादुरसिंह लामाले जानकारी दिए ।
यसअघि पनि सांसद लामाले नुवाकोटका १२ वट्टै स्थानिय तहलाई स्वास्थ्य सामाग्री विरतण गरेका थिए ।
प्रतिक्रिया