लागू औषधसहित दुईजना पक्राउ

नुवाकोट । धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट जेठ ७ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका-२ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागूऔषधसहित सोही जिल्लाको विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षीय शिवशंकर यादव पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया