रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु

विदुर खबर २०७५ साउन १६ गते १२:५४

सरस्वती न्यौपाने, रसुवा/ रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Advertisement

धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मेडिकल टोली खटाइएको छ ।

 

Advertisement

प्रतिक्रिया