ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।
बगरेभञ्ज्याङस्थित निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ट्याक्टर विहिबार सडकबाट करिब ३० मिटर तल खसेको थियो । गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले उल्लेख गर्नुभएको छ ।
दुर्घट्नामा डुम्रेधारापानी निवासी चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते र २९ वर्षीय धनबहादुर सुनुवार घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठ्माण्डौं रेफर गरिएको छ । घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया