बस दुर्घटना हुँदा १३ को मृत्यु, ३० भन्दा बढी घाइते
नुवाकोट । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिनुभयो ।
उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् ।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो ।
अख्तरले छ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभयो । मृतक र घाइतेहरु सबै मुल्तानका रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया