नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

विदुर खबर २०७८ जेठ ६ गते १६:०३
सूचक फोटो

नुवाकोट । नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Advertisement

आज त्रिशुली अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएसिँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

आज कोरोनाबाट मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टार घर भएका ५० वर्षिय पुरुष र धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय यवक रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

Advertisement

उनीहरुको आज दिउँसो १ बजेतिर उपचारको क्रममा आज त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

 

Advertisement

प्रतिक्रिया