स्पेनले दिएको १४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नुवाकोट । स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाली राजदुताबासको पहलमा स्पेन सरकारले नेपाललाई १४ करोडको स्वास्थ्य सामग्री एक चार्टर विमान सहित राजदुत दावा फुटी शेर्पा नेपाल प्रस्थान गरेकी छिन् ।
बिहीबार चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पुग्ने दुताबासले जनाईएको छ ।
नेपाली दुताबासको पहलमा लुम्बिनी फाउण्डेशनको अनुरोधमा एकस्त्रेमादुरा प्रदेश सरकारले पनि केन्द्रिय सरकारलाई पहल गरेको एनआरएनए निवर्तमान युरोप उप-संयोजक तथा फाउण्डेशनका महासचिव एकराज गिरीले नेपाल समाचारपत्रलाई बताए।
यसैगरी बुधबार नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन कुराकानीमा स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयलाई सहयोगका लागि धन्यवाद समेत ब्यक्त गरेका थिए ।टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा थप कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी गैरआवशिय नेपाली संघ स्पेनले समेत उक्त चार्टर्ड विमानमा आफ्नो देशका नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै पन्जा,सेनिटाईजर,मास्क लगायत सामाग्रीहरु समेत सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्ण सहयोगी स्पेनबासीलाई संघका उपाध्यक्ष उत्तरकुमार राईले धन्यवाद समेत ब्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय
रसुवामा कांग्रेसका आचार्यको फराकिलाे अग्रता
नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी





प्रतिक्रिया