श्रीमतीलाई खाल्डोमा पुर्ने श्रीमान पक्राउ
नुवाकोट । श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरेको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा लिईएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो ।
साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो ।अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो ।
माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । साँझ सुमिना गुरुङ्ग सलको पासो लगाएर झुण्डिएको अवस्थामा श्रीमान सोनाम लामाले देखे । उनले घर परिवारलाई भने । तत्कालै पासो काटियो । झुण्डिएर मरेकी श्रीमतीका बारेमा प्रहरी र आफन्तलाई खवर नगरी पारिवारीक सल्लाहमा घर भन्दा तल आफ्नै मकै बारीमा खाल्डो खनी गाडिदिए । उनले श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्दै आएका थिए ।
प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा सोनाम लामालाई प्रहरीले नियन्त्रणमा लिई जेठ ५ गते घटनास्थलमा पु-याई श्रीमती गाडिएको स्थान देखाए पछि प्रहरीले सुमिना गुरुङ्गको शव उत्खनन गरेको थियो । शव उत्खनन गरेसँगै प्रहरीले सुमिनाका श्रीमान सोनाम र उनका ससुरा चन्द्रबज्र लामालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।
श्रीमान सोनामले श्रीमती झुण्डिएको देखे लगत्तै बचाउन सकिन्छ कि भन्ने आशमा पासो काटेको तर उनि मरिसकेकाले अरुले थाहा पाउँछन भन्ने डरले बाबुको सल्लाहमा बारीमा खनेर गाडिदिएको बयान दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरी दोषिलाई कारवाहीका लागि अदालत बुझाईने प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनु भयो ।
निषेधाज्ञा शुरु भए लगत्तै जिल्लामा महिला तथा बालबालिकाहरु प्रति हिंसाका घटना भएका छन् । धुलिखेल ९ मा १४ वर्षकी बालिकालाई जर्बजस्ति करणीको प्रयास गरिएको भन्दै उजुरी परेको छ भने पनौती ५ सुब्बागाउँकी १५ बर्षकी बालिकालाई जंगलमा पु¥याई जर्बजस्ति करणीको प्रयास गरेको अभियोगमा उजुरी दर्ता भएको छ । दुबै घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया