आज ठुलो पानी पर्ने संभावना,सावधानी अपनाउन मौसमविद्को आग्रह
नुवाकोट । नुवाकोटसहित देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
भारतमा आएको चक्रवातका कारण मौसम बद्ली भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।
यस्तै हिमाली भेगमा पनि भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाले नदीहरुमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न, नगराउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया