प्रहरी निरीक्षक ललिता ढकाल उत्कृष्ट

विदुर खबर २०७८ जेठ ५ गते २२:००

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा करिव सात महिना कार्यरतमा नै प्रहरी निरीक्षक (इन्स्पेक्टर) ललिता ढकाललाई जिल्ला प्रहरी कार्यलयले बैशाख महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेकाे छ।

Advertisement

कात्तिक महिनामा नुवाकोटमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक ढकालले सात महिना नपुग्दै “प्रहरी मेराे साथी” भन्ने नारालाई काममा प्रमाणित गरेर देखाउनु भएकाे छ। प्रहरीकाे भूमिकामा रहेर नागरिकमा परेका समस्य लाई सरल तरिकाले हलगर्ने, नम्र बाेलि, अनुशासित व्यवहार , पिडितकाे भावना अनुसार आफुलाई पेसगर्न सक्कने अब्वल भूमिकामा रहेर ईमानदाररुपमा छाेटाे समयमा नै नुवाकोटमा आफनाे छुट्टै परिचय बनाउन सफल एक प्रहरी मात्रहैन उहाँ प्रहरीमा पनि एक महिला पनि हुन्।

प्रहरी निरीक्षक ढकालले आफनाे विभागिय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै साेहि प्रहरी कार्यालयले उहाँलाई बैशाख महिनाको ‘जिल्लाकै सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।

Advertisement

जिल्लामा घट्ने विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने क्षमतावान प्रहरी हुन्।आमनागरिकहरुले बिश्वास र सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ढकाल लाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया