अक्सिजनको कालोबजारी गर्ने नुवाकोटका रामकृष्ण घिमिरे पक्राउ

विदुर खबर २०७८ जेठ ५ गते २०:४४

नुवाकोट । प्रहरीले अक्सिजन ग्यासमा कालो बजारी गर्ने नुवाकोटका एकसहित तीनजनालाई पक्राउ गरेको छ ।

Advertisement

प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् ।

उनीहरुलाई अक्सिजन ग्यासको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले पक्राउ गरेको थियो । १५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

उनीहरुलाई कालो बजार र सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भईरहेको जानकारी महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

प्रतिक्रिया