नेपालमा थप ८ हजार २०३ संक्रमित, १९६ जनाको मृत्यु

विदुर खबर २०७८ जेठ ४ गते २१:००

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन् ।

Advertisement

मङ्गलबारको तथ्यांकअनुसार कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ४ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप १ सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया