ककनी गाउँपालिका उपाध्यक्षको गाडी सर्वसाधारणलाई
विदुर खबर
२०७८ जेठ ३ गते २१:३१
नुवाकोट। नुवाकोटको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफुले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनको लागि गाउँपालिकालाई जिम्मा लगाएकी छिन् ।
उनले कोरोना भाइरस र त्यसपछिको निषेधाज्ञालाई मध्यनजर गर्दे नागरिकको स्वास्थ्य उपचार तथा आवतजावतको लागि आफुले चढ्दै आएको प्रदेश नम्बर ३—०२००६—५१२३ नम्बरको पिकअप दिने निर्णय गरेको जानकारी दिइन् ।
कोरोना महामारीले आम नागरिकलाई उपचारका लागि आवत जावतमा समस्या परेको भन्दै आवश्यक परे गाडीलाई एम्बुलेन्सको विकल्पमा समेत प्रयोग गर्न सकिने खतिवडाले बताइन् ।
उनले कोरोनाको संक्रमणदर बढेको भन्दै सबैलाई सुरक्षित रहन र समस्या परे तुरुन्त पालिका वा आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया