ककनी गाउँपालिका उपाध्यक्षको गाडी सर्वसाधारणलाई

विदुर खबर २०७८ जेठ ३ गते २१:३१

नुवाकोट। नुवाकोटको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफुले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनको लागि गाउँपालिकालाई जिम्मा लगाएकी छिन् ।

Advertisement

उनले कोरोना भाइरस र त्यसपछिको निषेधाज्ञालाई मध्यनजर गर्दे नागरिकको स्वास्थ्य उपचार तथा आवतजावतको लागि आफुले चढ्दै आएको प्रदेश नम्बर ३—०२००६—५१२३ नम्बरको पिकअप दिने निर्णय गरेको जानकारी दिइन् ।

कोरोना महामारीले आम नागरिकलाई उपचारका लागि आवत जावतमा समस्या परेको भन्दै आवश्यक परे गाडीलाई एम्बुलेन्सको विकल्पमा समेत प्रयोग गर्न सकिने खतिवडाले बताइन् ।

Advertisement

उनले कोरोनाको संक्रमणदर बढेको भन्दै सबैलाई सुरक्षित रहन र समस्या परे तुरुन्त पालिका वा आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया