आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरि नियन्त्रणमा
नुवाकोट ।आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ ।
ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन ।
स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ । दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस्पताल र ब्लड बैकका कर्मचारीलाई थाहा पनि छ तर प्रहरीले मानवताको भावना नै छैन जसरी बिच सडकमा बोलेको शब्द मनमा बिजेको ब्ल्ड अन रिकोएस्ट इन नुवाकोटका सयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ अस्पतालमा अझै रगत आवश्यक छ साधन छैन , ।
जिल्ला प्रहरी कार्यलयबाट डिउटिमा खटिएका प्रहरी सहायक निरीक्षक दिपक केसीले बिच सडकमा नै हप्कीदप्की गरेर गाडी नियन्त्रणमा लिएका हुन । प्रहरी मेरो साथी भनेर पढेका र तालिम लिएका उनले तातो सडकमा नै प्रहरीको खिल्ली उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन । प्रत्यक्षदर्शी नाम नबताउने सर्तमा एकले भने रगत न सगत हामीलाई के मतलव गाडी साइड लगाउनुस भने त्यस्ता रगत दिने कति हुन्छन लिने कति हुन्छन सबैलाइ छोडौ भनेर गाडी पार्किङमा हाल्न लगाउनु भयो । नुवाकोट जिल्लामा लकडाउन जारी रहेको छ ।
जिल्लामा सुरक्षाको हिसाबले चेकजाँचमा तिब्रता दिनु प्रहरीको कर्तव्य हो । तर जिल्लामा स्वास्थको क्षेत्रमा काम गरिरहेका सामाजिक ब्यक्तिहरुलाइ निराश बनाउने काम प्रहरीले गर्न हुदैन भन्ने हाम्रो आशय हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया