आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरि नियन्त्रणमा

नुवाकोट ।आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ ।
ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन ।
स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ । दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस्पताल र ब्लड बैकका कर्मचारीलाई थाहा पनि छ तर प्रहरीले मानवताको भावना नै छैन जसरी बिच सडकमा बोलेको शब्द मनमा बिजेको ब्ल्ड अन रिकोएस्ट इन नुवाकोटका सयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ अस्पतालमा अझै रगत आवश्यक छ साधन छैन , ।
जिल्ला प्रहरी कार्यलयबाट डिउटिमा खटिएका प्रहरी सहायक निरीक्षक दिपक केसीले बिच सडकमा नै हप्कीदप्की गरेर गाडी नियन्त्रणमा लिएका हुन । प्रहरी मेरो साथी भनेर पढेका र तालिम लिएका उनले तातो सडकमा नै प्रहरीको खिल्ली उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन । प्रत्यक्षदर्शी नाम नबताउने सर्तमा एकले भने रगत न सगत हामीलाई के मतलव गाडी साइड लगाउनुस भने त्यस्ता रगत दिने कति हुन्छन लिने कति हुन्छन सबैलाइ छोडौ भनेर गाडी पार्किङमा हाल्न लगाउनु भयो । नुवाकोट जिल्लामा लकडाउन जारी रहेको छ ।
जिल्लामा सुरक्षाको हिसाबले चेकजाँचमा तिब्रता दिनु प्रहरीको कर्तव्य हो । तर जिल्लामा स्वास्थको क्षेत्रमा काम गरिरहेका सामाजिक ब्यक्तिहरुलाइ निराश बनाउने काम प्रहरीले गर्न हुदैन भन्ने हाम्रो आशय हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया