युरोकप २०२० आयोजना गर्ने तयारी

विदुर खबर २०७८ जेठ २ गते ११:४४

नुवाकोट । कोरोना महामारीकाकारण युरो कप२०२० गतवर्ष स्थगितभएको थियो । यस वर्ष पनि कोरोनाको कहर यथावतनै छ । यसकाबावजुद यस वर्ष युरोकपआयोजना गर्ने तयारी भइसकेको छ ।

Advertisement

युरोपकाविभिन्न११ शहरमा हुनगइरहेको प्रतियोगितामा२४ टिमको सहभागिताहुनेछ । शुरूआतमाविभिन्न १२ शहरमा आयोजना गर्ने भने पनि कोरोनाका कारण डबलिनमा प्रतियोगिताआयोजनानहुने भएको छ । यहाँहुने खेलहरू सेन्ट पिटर्सबर्ग र वेम्बलीमासारिएको छ ।

आगामीजुन ११ देखि जुलाइ ११सम्मआयोजनाहुने युरोकपमा२४ टिमलाई चार–चार टिम गरी ६ समूहमाराखिएको छ । हरेक समूहकाशीर्ष दुई टिमले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछन् । यसबाट १२ टिम छनोट हुनेछन् । बाँकी४ टिम समूहको उत्कृष्ट तेस्रो स्थानहासिल गर्ने आधारमा छनोट हुनेछन् ।कोरोनाका कारण दर्शकको प्रवेश न्यून रहने यूईएफएले जनाएको छ । यूईएफएकाअनुसार २५ प्रतिशतदर्शकलाई रंगशालामाप्रवेश गराइनेछ । समूहमाजुन राष्ट्र हुन्छ त्यो राष्ट्रको आयोजकशहर छ भने त्यही रंगशालामा खेल्न पाउनेछ । इङ्ग्ल्यान्डले लन्डन, रसियाले सेन्ट पिटर्सबर्ग, जर्मनीले म्युनिख र इटालीले रोममा खेल्ने पाउनेछन् ।

Advertisement

प्रतियोगिताकाअन्तिम १६ चरणका खेलहरू आमस्टर्डाम, लन्डन, बुडापेस्ट, सेभिया, कोपेनहेग, बुकारेस्ट, ग्लासगोमा हुनेछन् । यस्तै, क्वार्टरफाइनलकाखेलहरू सेन्ट्स पिटर्सबर्ग, म्युनिख, बाकु र रोममाआयोजनाहुनेछन् ।सेमिफाइनलतथाफाइनलका खेलहरू लन्डनस्थित वेम्बली रंगशालामाआयोजनाहुनेछ ।
कहाँकतिखेल र दर्शक हल्यान्डको शहर एमस्टर्डामस्थित योहानक्रुएभ एरेनामातीन वटा समूहका खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ ।

यहाँको दर्शक क्षमता ५६ हजार संख्याहो । हालको परिस्थितिमाकम्तीमा १२ हजार दर्शकलाई प्रवेश दिने यूईएफएले जनाएको छ । यस्तै अजरबैजानको शहर बाकुस्थित रंगशालामा समूहका ३ खेल र एक क्वार्टरफाइनल खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ६९ हजार भएकोमा आधा रंगशालाभर्ने आयोजकले योजनाबनाएको छ ।यसैगरी, रोमानियाको शहर बुकारेस्टस्थित एरेना नेसनलमा समूहका ३ खेल र अन्तिम १६ को एक खेल हुनेछ । यहाँको दर्शक क्षमता ५४ हजार भएकोमा कम्तीमा १३ हजार दर्शकलाई प्रवेश गराउने जनाएको छ । हंगेरीको शहर बुडोपेस्टस्थित पुस्कास एरेना केहीवर्ष अघि नोभेम्बर २०१९ मा उदघाटन गरिएको थियो ।

Advertisement

यहाँ समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको पुरै क्षमता ६८ हजार दर्शकसंख्याको रहेको छ । त्यस्तै डेनमार्कको कोपेनहागेनस्थितपार्कन रंगशालामापनि समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता संख्या ३८ हजार रहेको छ । यसको २५ देखि ३३ प्रतिशतदर्शक राखिने जनाएको छ ।

त्यस्तै, स्कटल्यान्डको शहर ग्लासगोस्थित हाम्पडेन पार्कमा पनि समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ५१ हजारको रहेको छ । यहाँकम्तिमा १२ हजार दर्शक उपस्थितहुने गराउने योजनामा छ । इङ्ग्ल्यान्डको प्रमुखशहर लन्डनस्थित वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ । यहाँ २५ प्रतिशतदर्शकलाई प्रवेश गराउनेछ । वेम्बलीमा समूहका ३ खेल, अन्तिम १६ को एक खेल, सेमिफाइनल र फाइनल खेलहरूहुनेछन् ।

 जर्मनीको शहर म्युनिखस्थित रंगशालामा समूहका ३ खेल र एक क्वार्टरफाइनलखेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता७० हजार रहेको छ । जर्मन सरकारले रंगशालामाकम्तीमा १४ हजार दर्शकलाई प्रवेश गराउनअनुमतिदिएको छ । यस्तै, इटालीको शहर रोमस्थित स्टाडियो ओलम्पिकोमा उद्घाटन खेलसँगै समूहका ३ खेल आयोजनाहुनेछ । यहाँ पूरा दर्शक क्षमता ६८ हजारको कम्तीमा २५ प्रतिशतदर्शक संख्या प्रवेश गराउनेछ ।

यसैगरी, स्पेनको शहर सेभियास्थित एस्टाडियो ला कार्टुजा रंगशालामा समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ६० हजार संख्या रहेको छ । सो रंगशालामाकम्तीमा ३० प्रतिशतदर्शक संख्यालाई प्रवेश गराइनेछ । रसियाको शहर सेन्ट पिटर्सबर्गस्थितक्रेजलोभिस्काई रंगशालामासमूहकातीन खेलसहित एक क्वार्टरफाइनल खेल आयोजनाहुनेछ । डब्लिन आयोजक नभएपछि त्यहाँहुनुपर्ने थपतीन समूहका खेल पनियहीआयोजना गरिनेछ । यहाँको दर्शक क्षमता ६१ हजार रहेको छ । तर, यहाँ ५० प्रतिशतदर्शकलाई प्रवेश गराइनेछ ।

प्रतिक्रिया