वीरगञ्जमा २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु
नुवाकोट । वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।
मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया बस्ने ३८ वर्षीया महिला छिन् । वैशाख २५ गते श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना भई पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान ४ः१० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाराको सुवर्ण गाउँपालिका–२ कबहीदरबार बस्ने ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३० गते बिरामी भई नारायणी अस्पताल भर्ना भई सोही दिन गरिएको एन्टीजीन परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान २ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमणबाट बाराको निजगढ नगरपालिका–७ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनको शनिबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बेलुका ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
त्यस्तै, बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोकाका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख १९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । दुईदिन पछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार भईरहेकोकोमा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको थियो ।
नारायणी अस्पतालमा रौतहटको बंकुलका ३५ वर्षीया महिलाको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख ३० गते अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
नारायणी अस्पतालमै वीरगञ्ज–१५ भिश्वा बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २६ गते एन्टिजीन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा शनिबार अपराह्न ४ बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालमै पर्साको जगरनाथपुर गाउँपालिका–६ सण्ठीका का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा भोलिपल्ट गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको शनिबार बिहान २ बजे मृत्यु भएको थियो ।
वीरगञ्जको नारायणी अस्पतालमा बारागढी नगरपालिका–२ बस्ने ४२ वर्षीय पुरुषको शनिबार बिहान ११ः०५ बजे मृत्यु भएको छ । वैशाख २९ गते विरामी भई उपचारका लागि नारायणी अस्पतालमा लगिएको थियो । सोहीदिन एन्टीजीन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया प्रष्टोका बस्ने २५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । वैशाख २९ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना पठाइएको थियो । भोलिपल्ट पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो । उपचारको क्रममा शनिबार बिहान ६ः१० बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ६५ वर्षीय पुरुषलाई पनि बैशाख १५ गते श्वासप्रश्वासमा समस्या देखियो । उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालको वार्डमा उपचारको क्रममा आईतबार बिहान साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको जीतपुरसिमरा स्थित डाबर नेपाल कम्पनीमा कार्यरत ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो तथा श्वाोसप्रश्वासमा समस्य आई बैशाख १९ गते उनलाई वीरगञ्ज हेल्थ केयर हस्पीटलमा भर्ना गरिएको थियो । बैशाख २३ गते पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब नमुनाको रिपोर्ट दुई दिन पछि आउँदा पोजेटिभ आएको थियो । उपचार कै क्रममा शनिबार दिउँसो पौने ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
वीरगञ्ज हेल्थ केयरमै पर्साको कालिकामाई गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान ८ बजे उपचार कै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाराको परवानीपुर गाउँपालिका– १ बस्ने ५६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख २७ गते श्वासप्रश्वास तथा ज्वरोको समस्या र पीसीआर पोजेटिभ रिपोर्ट सहित स्पर्स मल्टी स्पेस्यालिष्ट हस्पिटलमा भर्ना भएका थिए । आइसोलेसन वार्डमा उपचारको क्रममा शनिबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रुकुम पूर्वमा भारी हिमपात
तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज





प्रतिक्रिया