एमाले फुट्न अब १३ घण्टा बाँकी, ओलीकाे अग्नि परीक्षा सुरु

विदुर खबर २०७८ वैशाख २६ गते २०:५१

नुवाकोट । आन्तरिक किचलो र अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा एमाले पार्टी फुट्ने पक्का भएको छ ।

Advertisement

शनिबार वरिष्ठ नेता माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई १३ घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहका नेता योगेश भट्टराईले बैठकबारे जानकारी दिँदै पार्टी फुटाउने वा मिलाउने जिम्मा ओलीलाई दिइएको बताएका छन् ।

उनले अध्यक्षका हैसियतमा ओलीको दायित्व रहेको समेत बताए । आजको बैठकमा नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न र यसअघि गरिएका एकलौटी निर्णय खारेज गर्न अल्टिमेटम निर्णय गरेका छ । यद्यपि यी मागहरु सुनुवाई नभइ पेलेर जाने चेष्टा गरियो भने कठोर निर्णय गरिने समेत उक्त समूह पुगेको छ ।

Advertisement

अब पार्टीलाई जोगाउन मुख्य भूमिका अध्यक्ष ओलीको देखिएको छ । यदि ओली लचक बनेर यसअघिका निर्णय खारेज गर्दै ०७५ जेठ २ मा फर्कने निर्णय गरे भने पार्टी जोगिजे देखिएको छ ।

नभए भोलि बिहान ९ बजेपछि नेकपा एमालेको भविष्य अन्यौल देखिएको छ ।

Advertisement

प्रतिक्रिया