बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

विदुर खबर २०७८ वैशाख २६ गते १०:२२

नुवाकोट । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ ।

Advertisement

जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।

Advertisement

प्रतिक्रिया