नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३३ पुग्यो

विदुर खबर २०७८ वैशाख २५ गते २१:१५

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको हो । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये २१ पुरुष र १६ महिला रहेका छन् ।

संक्रमितहरुमध्ये सबैभन्दा विदुर नगरपालिकाका सबैभन्दा बढी २६ जना रहेका छन् । त्यस्तै बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकामा समान ३÷३ जना, तारकेश्वर गाउँपाकिलामा २ जना, शिवपुरी,सुर्यगढी र किस्पाङ गाउँपालिकाका एक ÷एक जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ६ सय ६३ पुगेको छ । यस्तै पद्धिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोनजा संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यस्तै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या १२ सय २८ पुगेको छ ।

नुवाकोटमा हालसम्म १० हजार ८ सय १६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया