संचार क्षेत्रसँग सहकार्य गर्न तयार छौ : मुख्यमन्त्री पौडेल

विदुर खबर २०७८ वैशाख २३ गते १०:३२

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

Advertisement

बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको दाबी गरे ।

मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिनेछ, उनले भने सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ । मुख्यमन्त्री पौडेलसँग भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् ।

Advertisement

संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको हो ।

प्रतिक्रिया