भनिन्छ, महिलाको सुन्दरता उसको अनुहारमा लुकेको हुन्छ । अनुहारलाई सुन्दर देखाउनकै लागि महिलाहरु लामो समय मेकअपमा खर्चिने गर्छन् । तर, मेकअप गर्दा जति सावधानी अपनाउँछन्, हटाउँदा त्यति ध्यान दिएको पाइँदैन ।
जबकि, अनुहारमा चमक ल्याउन तथा सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ, त्यसलाई कायम राख्न सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ । किनकि, गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई मात्र असर गर्दैन, बरु कैयौं छालासम्बन्धि समस्या पनि निम्त्याउने गर्छ ।
कैयौं मानिस अफिसबाट घर फर्केलगत्तै मेकअप हटाउन अल्छी मान्छन् र त्यसै सुत्ने गर्छन् । जबकि, यस्तो बानीले अनुहारमा मात्र नभई छालामा समेत असर पर्न सक्छ । र, छाला खराब हुनसक्छ ।
सामान्यतया अनुहारमा मेकअप लगाएर सुत्दा छालाका क्षिद्र त्यसका कारण राति बन्द रहने गर्छ । त्यसबाट छालाका क्षिद्रहरुमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन सक्दैन ।
त्यसका कारण छालामा स-साना प्वाल पर्ने गर्छन् । त्यति मात्र होइन, अनुहारको मेकअपलाई बेस्सरी रगडेर हटाउँदा अनुहारका छाला कडा हुने तथा खस्रो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ ।
आई मेकअप
आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । त्यसैले, आँखाको सुरक्षालाई कायम गर्न पनि हेरचाह जरुरी छ । त्यसैले आँखाको मेकअप हटाउँदा कहिल्यै टिस्यु वा ट्वाइलेट पेपर प्रयोग नगरौं । बरु, आई मेकअप रिमुभरको प्रयोग गरौं ।
कटन बल (कपासको डल्लो)लाई आई मेकअप रिमुभरमा भिजाएर हल्का हातले आँखाको मेकअप उतार्ने प्रयास गरौं । यदि उक्त मेकअप वाटर प्रुफ छ वा आँखाको मस्करा वाटर प्रुफ छ भने त्यसलाई हटाउन ओलिभ तथा बेबी आयलको प्रयोग गर्न सकिन्छ । यसले बिनाकुनै नोक्सानी आँखाको मेकअपलाई सुरक्षित तरिकाले हटाउन मद्दत गर्छ ।
अनुहारको मेकअप
अनुहारको मेकअप उतार्न उत्तिकै जरुरी छ । त्यसका लागि जहिले पनि अल्कोहल प|mी क्लिंजर तथा नन सोपी मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर विस्तारै पुछी अनुहारमा लगाएको फाउन्डेसनका साथै अनुहारको मेकअप हटाउन सकिन्छ ।
त्यसबाट अनुहार राम्ररी सफा हुन्छ । साथै, अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरले अनुहारलाई हानी पुर्याउँदैन । र, अनुहारको प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ ।
ओठको मेकअप
ओठको मेकअप हटाउने सबैभन्दा सरल उपाय भनेको पेट्रोलियम जेलीको प्रयोग हो । पेट्रोलियम जेलीलाई ओठमा लगाएर त्यसलाई टिस्यु पेपर वा नरम कपडाले विस्तारै सफा गरेमा पनि अनुहारमा हानी हुँदैन ।
यस्तै, कोल्ड क्रिमको प्रयोगद्वारा पनि ओठको लिपस्टिक राम्ररी हटाउन सकिन्छ । यसका लागि ओठमा कोल्ड क्रिमको प्रयोग गरेर करिब दुई मिनट राख्ने र नरम कपडाको सहायताले त्यसलाई राम्ररी सफा गर्ने । यसरी ओठको मेकअप हटाइसकेपछि त्यसमा मोइस्चराइजर क्रिम लगाउन जरुरी छ ताकि ओठ सुख्खा नहोस् ।














शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया