राप्रपाको अन्तराष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवको जिम्मा नुवाकोटका भरतप्रसाद पाठकलाई

विदुर खबर २०७५ साउन १४ गते ३:५२

नुवाकोट÷ राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटका भरतप्रसाद पाठकलाई पार्टीको अन्र्तराष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा मनोनय गरेको छ ।

Advertisement

पार्टीको विधान अनुसार अन्तर्रा्ष्ट्रिय विभागका प्रमुख जयन्त चन्दको सिफारिसमा पार्टी अध्यक्ष कमल थापाले पाठकलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । त्यस्तै विभागका सदस्यहरुमा धादिङका विशेश्वर शर्मा सुवेदी, धनुषाका प्रेक्षा मल्ल, काठमाडौंका सृजना रानि बर्मा, डडेल्धुराका टेकराज पनेरु र विनोद लामालाई मनोनयन गरेको प्रचार विभाग प्रमखु मोहन श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया