नुवाकोटको अक्सिजन प्लान्टले गरे अवैध व्यापार

नुवाकोट । कोभिड -१९ को महामारीबाट विश्व आक्रान्त भएको धेरै भइसक्यो। यसबिचमा लाखौं मानिसहरूको मृत्यु भइसकेको छ भने नेपालमा करिब ३३ सयको मृत्यु भइसकेको छ। कोरोनाको पछिल्लो प्रकोपले दक्षिण एसियाली मुलुकहरुलाई नराम्ररी गाँजेको छ। यसबाट जनस्तरलाई नराम्ररी प्रभावित बनाएको छ भने राज्य र सरकारहरु मुकदर्शक जस्तै बनिरहेका छन्।
यस्तो कठिन र असहज परिस्थितिसँग जुध्न सरकार, निकाय र नागरिक सचेत, सतर्क र साबधान रहनुपर्ने समयमा समेत केही व्यापारीहरुको लागि पैसा कमाउने उचित अवसर भएको छ। नेपालमा कोभिडको बिरामी दिनानुदिन बढ्दै गइरहेको स्थितिमा नुवाकोटको ककनी गाउँपालिका स्थित हाम्रो अक्सिजन ग्यास प्रालिका लागि त्यो अवसर कमाउने धन्दामा परिणत भएको हो।
एकदिनमा ७०० सय सिलिन्डर ग्यासको उत्पादन भइरहेको छ, सो उद्योगमा काम गर्ने एक मजदुरले बताए, तर ति सिलिन्डरहरु प्राप्त सबै कारखाना र उद्योगहरुमा सप्लाई हुन्छ। कोभिडको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको अत्याधिक मात्रामा माग बढिरहेको बेला अति आवश्यकीय अक्सिजन जस्तो पदार्थलाई व्यापारिक विषय बनाउनु सर्वथा गलत भएको अल्का अस्पतालमा भर्ना गरिएका बिरामीका एक आफन्तले बताए। हाम्रो अक्सिजन प्लान्टले अस्पतालहरुका लागि भन्दा बढी ग्लास तथा चिलिम फ्याक्ट्रीहरुका लागि वितरण गरिएको श्रोतको दावी छ।
कठिन अवस्थामा व्यवसाय प्रयोजनलाई उपलब्ध गराएको भन्दै ठूलो रकम असुल्ने गरेको पिडित व्यवसायीले नाम नबताउने शर्तमा भने, अहिले हामीलाई दोहोरो समस्या परेको छ, एकातिर लकडाउनले मार परिरहेको छ र अर्कातिर अक्सिजनबालाले चर्को मूल्य उठाउँछ।
एक विश्वस्त स्रोतका अनुसार हाम्रो अक्सिजन प्लान्टले स्थानीय प्रहरीको सहयोगमा अमानवीय धन्दा चलाइरहेको छ। यस्तो अवस्थामा निसर्त अस्पताल र कोभिडको उपचारका लागि प्रयोग हुनुपर्ने अक्सिजन व्यापारिक प्रयोजनमा प्रयोग हुनु गलत छ।
एक स्थानीय नेताले यस्तो गलत कार्य तुरुन्त रोकिनुपर्ने र मानवीय मूल्य अनुसार सो प्लान्टले व्यवहार गर्नुपर्ने बताए। सरकारले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था भएको बताइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया