कोरोनाले थलिएपछि पूर्वरानी कोमल शाहको अवस्था गम्भीर
नुवाकोट । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
कोरोना संक्रमित भई गत शनिबारदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको अवस्था गम्भीर बनेको अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ।
श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि आज बिहानबाट शाहलाई आईसीयूमा सारिएको छ। उपचारमा संलग्न शाहका पारिवारिक चिकित्सकका अनुसार उनलाई अहिले हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको छ। ‘श्वासप्रश्वासको समस्या कम भएको छैन। अवस्था निकै जटिल देखिएको छ’, अस्पताल स्रोत भन्छ।
अस्पतालमा भर्ना भएदेखि नै पूर्वरानी शाहको अवस्था सामान्य थिएन। अस्पतालको सिँढी उक्लिँदै गर्दा पहिलो दिन नै उनी लडेकी थिइन्। नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ। उनलाई पनि अक्सिजनको सपोर्टमा राखिएको छ।
आमा–बाबुसँगै भर्ना भएकी छोरी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिन परेको छैन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ





प्रतिक्रिया