मिर्गौला तस्करी गरेको आरोपमा नुवाकोट र रसुवाकासहित पाँच जना पक्राउ
चितवन, मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गरेको आरोपमा नुवाकोट र रसुवाकासहित पाँच जना पक्राउ गरेपछि तस्करी हुने गरेको तथ्य खुलेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली ,रौतहटको चन्द्रपुर नगरपालिका(४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ र मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ ।
चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले असार २५ गते ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । सोही टिमले मिर्गाैला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर त्यसको गिरोहसमेत पक्राउ गरेको हो । दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।प्रहरीले बिक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बुलाई साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई साउन १ गते काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको ढकालले बताए । उनले यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १र१ वटा मिर्गौला बिक्री गरेको डिएसपी ढकालले जानकारी दिए ।‘सोझासिधा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मिर्गौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी ढकालले जानकारी दिए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । डिएसपी ढकालले चितवनमा यस्ता किसिमका घटनाहरु हुनेबारे सामान्य जानकारी आएपछि प्रहरीको टिम नै परिचालन भई अनुसन्धान भइरहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया