नुवाकोटमा आज थपिए १४ जना कोरोना संक्रमित

विदुर खबर २०७८ वैशाख १५ गते १७:२६

नुवाकोट । नुवाकोटमा आज थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना विदुर नगरपालिका र ३ जना बेलकोटगढी नगरपालिकाका रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार २ सय ५१ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७४ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार एकसय ७० पुगेको छ ।

यस्तै हालसम्म जिल्लामा १० हजार एकसय ३४ जनाको पिुिसआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ ।

Advertisement

प्रतिक्रिया