नुवाकोटमा आज थपिए १४ जना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा आज थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना विदुर नगरपालिका र ३ जना बेलकोटगढी नगरपालिकाका रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार २ सय ५१ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७४ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार एकसय ७० पुगेको छ ।
यस्तै हालसम्म जिल्लामा १० हजार एकसय ३४ जनाको पिुिसआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया