आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २८ वर्ष कैद
एजेन्सी । झण्डै साढे सात वर्ष सम्म लगातार आफ्नी छोरीलाई बलात्कार गर्दै आएका सिंगापुरका एकजना पुरुषलाई हालै अदालतले २८ वर्ष लामो कारावास र चौंबिस कोर्राको सजाय सुनाएको छ ।
ती चौवासिल बर्षीय व्यक्तिले घरमा आउने छोरीको मिल्ने साथीमाथि पनि यौन दुव्र्यवहार गर्ने गरेको बुझिएको छ । अहिले १३ बर्ष पुगेकी छोरीलाई ९ देखि ११ वर्षको उमेरबीच कम्तीमा २० पटक वलात्कार गरेको उनले स्विकारी सकेका छन् ।
साथै उनले आफ्नी छोरीलाई अनगन्ती पटक मुख मैथुन गर्न पनि बाध्य पारेका थिए । बाबु छोरी दुवैको परिचय खुलाइएको छैन । युरोपेली संघका न्यायधिश म्याभिस चिनोहले उनी विरुद्ध आफ्नो नाताको अधिकार र विश्वासको दुरुपयोग गरेको , कम उमेरकी अर्थात नाबालिकालाई शिकार बनाएको , घृणित अपराधको तानावाना बुनेको एवं असुरक्षित यौन कार्य गरेका जस्ता अभियोग लगाएकी थिइन् ।
चिनोहले यस घटनाको कारण ती निर्दोष बालिकाको चन्चल बाल्यकाल आफ्नै पिताद्वारा छिनिएको र उनको मन एवं मस्तिष्कमा दिर्घकालिन डर त्रास पैदा गरेको बताएकी छन् । उनले आफ्नी छोरीको साथीको आंठमा चुम्वन गर्दै त्यसवारे कसैलाई केहि नबताउन धम्की दिएका थिए ।
एकपटक आफ्नै शयन कक्षमा चलचित्र हेर्ने क्रममा उनले छोरी रउनका साथीलाई एकेपटक यौन दुव्र्यवहार गरेका थिए । सो दिन देखि छोरीका साथी तिनीहरुको घर आउन छोडेको बताइएको छ । उनका सानो छोरा र पत्नी छन् । उनले पहिलोपटक छोरीलाई ३ देखि ७ वर्ष उमेरबीच यौन आक्रमण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया